मध्यरात काठमाडौंमा पक्राउ परे विप्लव समूहका माइला लामा
काठमाडौं । विप्लव समूहलाई अर्काे ठूलो झड्का लागेको छ, उसका नेता माइला लामा पक्राउ परेका छन् । उनी विप्लव समूहका काठमाडौं इन्चार्ज भएको बताइएको छ ।
मध्यराति काठमाडौंको काँडाघारीबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनलाई पक्राउ गर्न निकै लामो प्रयास गर्नुपरेको थियो । माइलाको गिरफ्तारीलाई प्रहरीले ठूलो उपलब्धी मानेको छ । उनीसँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । रेशम पनि सो समूहका अगुवा कार्यकर्ता हुन् ।
काठमाडौं उपत्यकामा बम विष्फोट गराउने तथा चन्दा आतंक मच्चाउनेमा माइलाको नाम आउने गरेको थियो । ‘अकूत चन्दा उठाउने विप्लव समूहका नेतामध्ये माइला एक हुन्, उनले देवकोटा थरका एक नेतासँग मिलेर मोटो रकम कमाएका छन्’– एक प्रहरी अधिकारीले बताए ।

उनी विप्लव समूहको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । सो महासंघ अन्तर्गत रहेकाे सामना परिवारले काठमाडौं महानगरपालिकाको स्वामित्वमा लाजिम्पाटमा रहेको एक भवन कब्जा गरी गतिविधि गर्ने गरेको थियो । सरकारले सो समूहलाई प्रतिवन्ध लगाउनु अघि विप्लव समूहले सो समूहलाई खुला गतिविधिमा अगाडि सार्ने गरेको थियो ।
लमजुङका माइला ०६४ भएको पहिलो संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित भएका थिए ।
प्रहरीका अनुसार विप्लव समूहले काठमाडौं उपत्यकामा विष्फोट गर्ने सामथर््य गुमाइसकेको छ । अब चन्दा उठाउने शक्ति पनि गुमेको प्रहरीको भनाइ छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस