English

अपराध

मध्यरात काठमाडौंमा पक्राउ परे विप्लव समूहका माइला लामा

sunrisekhabar

काठमाडौं । विप्लव समूहलाई अर्काे ठूलो झड्का लागेको छ, उसका नेता माइला लामा पक्राउ परेका छन् । उनी विप्लव समूहका काठमाडौं इन्चार्ज भएको बताइएको छ । 

मध्यराति काठमाडौंको काँडाघारीबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनलाई पक्राउ गर्न निकै लामो प्रयास गर्नुपरेको थियो । माइलाको गिरफ्तारीलाई प्रहरीले ठूलो उपलब्धी मानेको छ । उनीसँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । रेशम पनि सो समूहका अगुवा कार्यकर्ता हुन् ।

काठमाडौं उपत्यकामा बम विष्फोट गराउने तथा चन्दा आतंक मच्चाउनेमा माइलाको नाम आउने गरेको थियो । ‘अकूत चन्दा उठाउने विप्लव समूहका नेतामध्ये माइला एक हुन्, उनले देवकोटा थरका एक नेतासँग मिलेर मोटो रकम कमाएका छन्’– एक प्रहरी अधिकारीले बताए । 

उनी विप्लव समूहको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । सो महासंघ अन्तर्गत रहेकाे सामना परिवारले काठमाडौं महानगरपालिकाको स्वामित्वमा लाजिम्पाटमा रहेको एक भवन कब्जा गरी गतिविधि गर्ने गरेको थियो । सरकारले सो समूहलाई प्रतिवन्ध लगाउनु अघि विप्लव समूहले सो समूहलाई खुला गतिविधिमा अगाडि सार्ने गरेको थियो ।

लमजुङका माइला ०६४ भएको पहिलो संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित भएका थिए । 

प्रहरीका अनुसार विप्लव समूहले काठमाडौं उपत्यकामा विष्फोट गर्ने सामथर््य गुमाइसकेको छ । अब चन्दा उठाउने शक्ति पनि गुमेको प्रहरीको भनाइ छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत