एकै पटक तीन इन्जिनियर घुससहित पक्राउ
बर्दिया । कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीनजना इन्जिनियर र एक सवारी चालक घुस रकम सहित पक्राउ परेका छन् ।
इन्जिनियरहरु कमल सिटौला, विश्वेश्वर प्रसाद शाह र हरी प्रसाद चौधरी तथा सवारी चालक टंक प्रसाद ओझालाई अख्तियारको टोलिले १५ लाख रुपैयाँ घुस रकम सहित पक्राउ गरेको हो ।
निर्माण योजना अन्तर्गत तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकम सहित बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा नं. १ बाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
उनीहरुले सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रवक्ता कोइरालाले जानकारी दिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस