तनहुँमा पाँच वर्षीया बालिका बलात्कृत
काठमाडौं । तनहुँको ब्यास नगरपालिका–७ बस्ने पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कार गरेको अभियोगमा ब्यास–७ तल्लो नरङ्गा बस्ने १९ वर्षीय नवीन थापा मगरलाई प्रहरीले पक्रनउ गरेकाे छ ।
नवीनले ती बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यसैबीच, बर्दियाको बारबर्दिया नगरपालिका–४ बस्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय रमेश थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
४२ वर्षीय थारुले ती किशोरीलाई मंगलबार जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस