• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

गुण्डागर्दीमा संलग्न निमा लामा पक्राउ 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । गुण्डागर्दीमार्फत व्यवसायीबाट ‘हप्ता असुल्ने’ कार्यमा संलग्न निमा लामा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक स्थायी घर भएका लामालाई काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रहरी निरीक्षक एलिजा गिरीले जानकारी दिइन् । 

लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीलाई धम्की दिँदै हप्ता उठाउने र नदिए मार्ने समेतको धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

काभ्रेको भीमखोरी–२ करमडाँडा घर भएका निमाले आफ्नी श्रीमतीलाई एक सुन्दरी प्रतियोगितामा विजयी गराउन दबाब दिएका थिए । श्रीमती फेल भएपछि उनले आयोजकलाई नै धम्की दिएका थिए ।  

कोटेश्वरको यातायात काउन्टबार नियमित हप्ता असुली गरेको गुनासो आएपछि प्रहरीले यसअघि पनि उनलाई पक्रेर कारबाही गरेको थियो । 

उनले सिनामंगलमा देखावटी रुपमा कपडा पसल खोलेका छन् । सिनामंगल र कोटेश्वरमा श्रीमती छेसाङ लामाले ‘मुस्कान ब्युटी पार्लर’ सञ्चालन गर्दै आएकी छिन् । 

देखावटी रुपमा ब्युटी पार्लर र कपडा पसल खोले पनि निमाले महिनाबारी उठाउने कार्यलाई निरन्तरता दिइरहेको र उनीबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

यसअघि लामाले अखिलका नेता नारायण खनालमाथि कोटेश्वरको पेरिस डाँडास्थित पार्टी कार्यालय परिसरमै खुकुरी प्रहार गरेका थिए ।

प्रतिकृया दिनुहोस