सुन लुट्ने योजना बनाउँदै गर्दा हतियारसहित पक्राउ
काठमाडौं । पेस्तोले देखाएर सुन लुटपाटको योजना बनाउँदै गरेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय र अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ गोंगबुको नेपाल तारा गेस्ट हाउसबाट त्यस्तो योजनामा संलग्न तीन जनालाई पक्रेको हो ।
पक्राउ पर्नेहरूमा झापा गरामनिका सविन खवास, नुवाकोटका लिखुका रामकुमार राई र प्रीतम राई छन् ।
‘पेस्तोले देखाएर सुन लुट्ने योजना बनाउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो’, महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले भने, ‘सुन कहाँबाट आउँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
प्रहरीले सो समूहको साथबाट ‘मेड इन इटाली’ लेखिएको एउटा पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।
रामकुमार राई र प्रीतम राई नुवाकोटमा ठेक्कापट्टाको काम गर्थे । ठेक्कापट्टाकै सिलसिलामा सविन खवाससँग उनीहरूको चिनजान भएको थियो । २०७३ फागुनमा नुवाकोटका मानदोर्जे तामाङलाई अपहरण तथा शरीर बन्धक बनाएको मुद्दामा पक्राउ परेका सविन २०७५ मा जेलबाट छुटेका थिए ।
जेलबाट छुटेपछि सविनले छुट्टै समूह बनाएर लुटपाटको योजना बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
लुटपाटको योजना अनुसार सविनले आइतबार ‘मोटो रकम आउने काम छ, पेस्तोल लिएर आउनू’ भनेर प्रीतम र रामकुमारलाई नुवाकोटबाट काठमाडौं बोलाएका थिए ।
रामकुमारले हतियार लिएर आएपछि टोखामा भेट भएर सो समूह गोंगबुको गेस्ट हाउसमा पुगेका थिए ।
आपराधिक पृष्ठभूमिको सो समूहबारे थप अनुसन्धान भइरहेको एसएसपी थापाले सनराइज खबरलाई जानकारी दिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस