• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

राजपाको आरोप- सरकारले सन्तुलित परराष्ट्र नीति लिएन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौ‌ । राजपाले केपी शर्मा ओली नेतृत्वलाई दिइ आएको समर्थन फिर्ता लिनुको दर्जनौं कारण देखाएको छ । राजापाले दिएका विभिन्न कारण मध्ये एउटा कारण हो- सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको ।

राजपाले सार्वजनिक गरेकाे निर्णय यस्ताे छ-

१)    थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजिवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत  बनाएको छ ।

२)    दुई तिहाई बहुमत हुंदाहुंदै पनि संविधान संसोधन नगरेको, मधेश र थरुहट आन्दोलनका बन्दिहरुको रिहाई नगरेको, उनीहरुमाथी लगाईएका झुट्ठा मुद्दा फिर्ता नलिएको, घाईतेहरुको उपचार नगराएको, बेरोजगारी समस्याको समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेको, असीना एवं बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्तको लगायतको बलात्कारी र हत्यारालाई कार्रवाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, राज्यको हरेक अंगमा दलिय हितको पक्षपोषण मात्र गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने र समग्रमा सरकारको एक वर्षे कार्यकाल पुर्णतः असफल रहेको पार्टीको ठहर छ ।
त्यसर्थ सरकारलाई समर्थन दिईरहनुको औचित्य नरहेकोले राजपा नेपालले के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ ।

३)    शोषण, उत्पीडन र बिभेदका बिरुद्ध, पहिचान, अधिकार र सम्मानका लागी संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समुहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपाल आह्वान गर्दछ ।

 ४)    २०७५ फाल्गुन १० गते देखि १८ गतेसम्म जनकपुरधाम, विराटनगर, नेपालगंज र भैरहवामा सम्पन्न राजपा नेपालका केन्द्रिय अध्यक्ष मण्डलसंग पार्टी आबद्ध प्रदेश नं.२ का मन्त्री एवं राज्यमन्त्री, संघीय संसद सदस्य एवं प्रदेश सभा सदस्य, प्रदेश सरकार समन्वय समितिका सदस्य, जिल्ला अध्यक्ष मण्डलका संयोजक एवं सदस्य, जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख, नगरपालिकाका प्रमुख एवं उपप्रमुख, गाँउपालिकाका अध्यक्ष एवं उपाध्यक्ष लगायतको नेता एवं पदाधिकारी संग सम्पन्न चरणबद्ध एवं विस्तृत विचार विमर्शको सम्बन्धमा निर्णय गर्न अध्यक्ष मण्डलको बैठक जारी छ ।
   
 

प्रतिकृया दिनुहोस