धरानमा डा. राैनियार रंगेहात पक्राउ परे
काठमाडाैं । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार अाठ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । उनकाे साथबाट प्रतिष्ठानकै डा. रामहरी रौनियार पनि पक्राउ परेका छन् ।
विगतमा घाेपा क्याम्प रहेकाे ठाउँमा प्रतिष्ठान सञ्चालित छ । प्रतिष्ठान परिसरमा एक भवन निर्माणको ठेक्कामा कमिशन लिइरहेकाे बेला उनलाई रंगेहात पक्राउ गरिएकाे बुझिएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले प्रा.डा. राजकुमार र डा. रामहरीलाई पक्राउ गरेकाे हाे । अख्तियार स्राेत अनुसार प्राडा राजकुमारले घुस रकम दिन ठेकेदारलाई अाफ्नै निवासमा बाेलाएका थिए । उनकाे निवास प्रतिष्ठानकै हातामा रहेकाे छ ।
उनी विगत कांग्रेस सरकारकाे पालामा नियुक्त भएका थिए जतिबेला कांग्रेसका गगन थापा स्वास्थ्य मन्त्री थिए । ठूलाे विराेधका बीचमा राजकुमारलाई गगनले उपकुलपति बनाएका थिए । राजकुमार उपकुलपति बनेपछि कांग्रेसकै एउटा खेमाले विराेध गरेकाे थियाे । धरान कांग्रेसका नेता सचित शर्मा लगायतले राजकुमार राैनियार भ्रष्टाचारी हुन् भनी विभिन्न अाधार देखाउँदै विराेधमा अभियान चलाएका थिए । उनीहरुले गगनले ठूलाे रकम लिएर राजकुमारलाई उपकुलपति नियुक्त गरेकाे अाराेप लगाएका थिए ।
वीपी काेइराला प्रतिष्ठानमा कांग्रेसका कैयन नेताहरु स्थायी जागिरे रहेका छन् । प्रतिष्ठानमा कांग्रेसका नेताहरुकाे बाेलवाला रहँदै अाएकाे छ । कांग्रेसकै एउटा गुटले दिएकाे सूचनाका अाधारमा उपकूलपति राैनियारलाई रंगेहात पक्राउ गरिएकाे प्रतिष्ठानका कर्मचारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार कांग्रेका विभिन्न गुटले वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तहसनहस बनाएका छन् । दलीय अाडमा प्रतिष्ठानलाई भ्रष्टाचारकाे अखडा बनाइएकाे गुनासाे धरानवासीकाे रहँदै अाएकाे छ ।
साे प्रतिष्ठानमा कांग्रेस र तत्कालीन एमालेमा लिप्त रहेका कर्मचारीहरु सबैकाे सम्पत्ति जाँच गर्नुपर्ने माग पनि धरानमा उठ्ने गरेकाे छ । विगतमा साे प्रतिष्ठानमा कांग्रेस नेता डा. शेखर काेइराला उपकुलपति रहेका थिए । त्यसबेला शेखर निकट बसेर ब्रम्हलुट मच्चाउनेहरुकाे पनि छानिवन अख्तियारले गर्नुपर्ने माग धरानमा हुने गरेकाे छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस