• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बाँकेमा श्रीमानले गरे श्रीमतीको हत्या 

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ घरबारी टोलका शिब कुमार लोदले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

३६ बर्षीया श्रीमती लिला कुमारी लोदलाई धारिलो हतियार प्रहार गरेर हत्या गर्ने शिव कुमारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । 
 
श्रीमानले हतियार प्रहार गर्दा घाइते भएकी लिला कुमारीको नेपालगन्ज स्थित नर्सिङहोममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस