• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

विप्लवका भेरी–कर्णाली ब्युरो सदस्य पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका भेरी–कर्णाली ब्युरो सदस्य शिखर पहाडी ‘हिमशिखर’लाई प्रहरीले पक्राउ गरेको छ । 

उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिरा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सुर्खेतको चौकुने गाउँपालिका घर भएका शिखर युवा संगठन भेरी–कर्णाली ब्युरो सदस्य तथा रेड युथ फोर्सको अध्यक्ष रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस