उच्च अदालत पाटनबाट थुनुवा फरार
काठमाडौं । उच्च अदालत पाटनबाट प्रहरी नियन्त्रणमा रहेका एक थुनुवा भागेका छन् ।
बुधवार मुद्धाको सुनुवाईका लागि उच्च अदालत लगिएका थुनुवा रामबाेल खड्का फरार भएका हुन् । बैंकिङ कसुरमा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत सिंहदरबारले म्याद थप्न अदालत लगेकाे थियो ।
साँझ पाँच बजे ‘शौचालय जान्छु’ भन्दै हिँडेका खड्काले प्रहरीको आँखा छलेर अदालतको गेट पार गरेका थिए ।
थुनुवा भागेको पुष्टि गर्दै काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले उनको खोजी भइरहेको सनराइजख बरलाई बताए ।
हतकडी लगाइएका उनी कसरी भागे भन्ने अनुसन्धान भइरहेकाे छ ।
दुई दिन अघि ललितपुर प्रहरीकाे हिरासतबाट दुई जना फरार भएका थिए । तर उनीहरुलाई पक्राउ गरिएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस