• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

न्युजिल्याण्डले दियो भारतलाई २ सय ४० रनको लक्ष्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डले  भारतलाई २ सय ४० रनको लक्ष्य दिएको छ । 

न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको गुमाएर २ सय ३९ रन बनायो ।

४६ ओभर १ बलमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षाका कारण खेल अबरुद्ध भएपछि खेल आज भएको हो ।

न्युजिल्याण्डका लागि रोस टेयलरले ७४, केन विलियम्सनले ६७, हेनरी निकोलसले २८ रन बनाए । 

यसैगरी टोम लाथमले १०, मिचेल स्यान्टनरले ९, जेम्स निसमले १२, कोलिन डिले १६, रन जोडे ।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, जसप्रित बुम्रराह, युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले १–१ विकेट लिए ।

भारतले जवाफी व्याटिङ सुरु गरेको छ 
 

प्रतिकृया दिनुहोस