• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कैलाली हत्याकाण्डमा फैसला : रेशम सहित ११ लाई जन्मकैद

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । कैलालीको टिकापुरमा ०७२ साल भदौ ७ मा भएको हत्याकाण्ड सम्वन्धी मुद्दामा कैलाली जिल्ला अदालतले फैसला सुनाएको छ । सो फैसला अनुसार सांसद रेशम चौधरीलाई जन्मकैद भएको छ । 

फैसला अनुसार जन्मकैद तोकिएकाहरुमा राजेश चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहनडगौरा, विरबहादुर चौधरी, प्रदीप चौधरी, सिताराम चौधरी, श्रवण चैधरी र गंगाराम डगौरा चौधरी छन् । यी मध्ये श्रवण चौधरी नाबालक भएकाले बालबालिका ऐन अनुसार उनलाई १० वर्ष मात्रै कैद हुने फैसला सुनाइएको छ ।

लक्ष्मण थारु, राजकुमार कठरिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, लाहुराम चौधरी, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी, रामप्रसाद चौधरी, चुन्नराम चौधरी र लाहुराम चौधरीलाई तीन वर्ष कैद फैसला भएकाे छ । तीन वर्ष कैद भएकाहरु जेलमै थिए । उनीहरुले कैद भुक्तान गरिसकेका छन् । उनीहरुलाई रिहा गरिने भएकाे छ ।

रामनरेश चौधरी, तहाँवर अलि जागा र विषराम चौधरी कुष्मीले सफाइ पाएका छन् ।


 

प्रतिकृया दिनुहोस