प्रहरी निरीक्षक लालबाबुविरुद्ध मुद्दा
काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक लालबाबुप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार इक्सपेक्टर लालबाबुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
साहले नुवाकोट प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका अभियुक्तको ‘मुद्दा मिलाइदिन्छु’ भन्दै ९० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।
‘निज लालबाबुले नुवाकोटमा कार्यरत रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा रकम जम्मा गर्न लगाएको पुष्टि हुन आएको छ’, आयोगले अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ ।
अख्तियारले लालबाबुलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ३ को उपदफा १ को कसूरमा लिइसकेको रिसवत जफत गरी कैद र बिगो जरिवाना हुन माग दाबी गरेको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस