एसीसी यू-१९ इस्टर्न रिजन : उपाधिका लागि नेपाल र हङकङ खेल्ने
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने भएको छ ।
सोमबार भएको सेमिफाइनलमा नेपालले आयोजक मलेसिया तथा हङकङले सिंगापुरलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
फाइनल खेल मंगलवार किनरारा ओभल मैदानमै हुनेछ ।
उक्त खेलको विजेता च्याम्पियन बन्दै श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् ।
सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराएको हो ।
यस्तै अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई डिएल मेथडको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
हङकङले दिएको २४८ रनको लक्ष्य पछ्याउँदै सिंगापुरले जवाफी ब्याटिङ गर्दा खेल वर्षाले रोकिएको थियो ।
वर्षाले खेल रोकिनु अघि सिंगापुरले २८ ओभर ३ ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यसपछि खेल पुन सुरु हुन सकेन । सिंगापुर डिएल मेथडमा पछि पर्यो र हङकङ विजयी भयो ।
त्ययसअघि किनरारा मैदानमा पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको थियो ।


प्रतिकृया दिनुहोस