• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भोजपुरमा राष्ट्रपति रनिङ शिल्ड सुरु

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा जिल्लास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ खेलकुद प्रतियोगिता सुरु भएको छ । 

जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला सदरमुकामस्थित टुँडिखेलमा आइतबार सुरु प्रतियोगिता भोलिसम्म चल्ने छ । 

आयोजक समितिका कार्यालय प्रमुख ग्याल्जेन शेर्पाका अनुसार नगरपालिका र गाउँपालिकामा सञ्चालित पालिकास्तरीय प्रतियोगिताबाट विजेता विद्यालय यो  प्रतियोगितामा सहभागी छन् । 

प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष भलिबल, सर्टपुट, लङजम्प, हाइजम्प, एक सय, दुई सय, चार सय, आठ सय, १५ सय मिटर र रिले दौड जस्ता खेल समावेश छन् ।

भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकाबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद १५ हजार, दोस्रोले १२ हजार, तेस्रो हुनेले नौ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । 

विजयी टिमले आगामी असार २५ गतेबाट विराटनगरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।      
 

प्रतिकृया दिनुहोस