• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

खुकुरी प्रहार गरेर आफ्नै आमाको हत्या 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सप्तरीको सुरुंगा नगरपालिका–१ तहका बस्ने जंगबहादुर पुलामी ‘रिट्ठे’ले आफ्नै आमाको हत्या गरेका छन् । 

६० वर्षीया आमा धनमाया पुलामी मगरलाई जंगबहादुरले खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   

बिहीबार दिउँसो छोराले खुकरी प्रहार गर्दा धनमायाको घटनास्थलमै मृत्यु भएको थियो । 

हत्याबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस