नक्कली लाइसेन्स बनाउने चार जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाभित्र संगठित रुपमा नक्कली सवारी चालक अनुमति पत्र बनाउने धन्दा चलाइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रामेछापका मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी छन् ।
नक्कली लाइसेन्स बनाउने सो गिरोहले यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्स बनाएर रकम ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरूमाथि सरकारी कागजात तथा छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस