• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

चेल्सीको नयाँ प्रशिक्षकमा लाम्पार्ड

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इंग्लिश फुटबल क्लब चेल्सीको नयाँ प्रशिक्षकमा फ्रान्क लाम्पर्ड नियुक्त भएका छन्  । चेल्सीले आफ्ना पूर्व खेलाडी ४१ वर्षीय लाम्पर्डलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

चेल्सीका पूर्व प्रशिक्षक माउरिसियो सार्रीले क्लब छाडेपछि लाम्पर्डलाई प्रशिक्षक नियुक्त गरिएको हो । क्लबले लाम्पार्डसँग तीन वर्षका लागि सम्झौता गरेको छ ।

 

सन् २००१ मा ११ मिलियन युरोमा वेस्टह्यामबाट उनी चेल्सीमा गएका थिए । १३ वर्ष चेल्सीमा बिताएका पूर्व मिडफिल्डर लाम्पर्डले क्लबका लागि ६४८ खेल खेलेका थिए ।

उनले क्लबलाई मुख्य ११ वटा उपाधि जिताएका थिए । लाम्पार्ड क्लबमा रहदा चेल्सीले च्याम्पियन लिग र युरोपा लिग लगायतका उपाधि जितेको थियो । 
 

प्रतिकृया दिनुहोस