ठमेलमा ठेकेदारलाई छुरा हान्ने कुँवर प्रहरीको खोरमा
काठमाडौं । राजधानीको ठमेलमा गत २ जेठमा छुरा हानेर फरार भएका सफलविक्रम कुँवरलाई प्रहरीले पक्रेको छ ।
बुधबार ललितपुरको हरिसिद्धिस्थित ‘माया नेपाल रिह्याब सेन्टर’मा लुटपाट गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
दोलखा घर भएका निर्माण व्यवसायी नाटासी शेर्पालाई २ जेठमा सफलबिक्रम र सुदिप गुरुङले छुरा हानेर भागेका थिए । गुरुङलाई दुई साताअघि प्रहरीले पक्राउ गरेको थियो ।
सामाखुसी घर भएका सफलविक्रम यसअघि पनि ज्यान मार्ने उद्योग, लागुऔषध र हाहतियार मुद्दामा पटकपटक गरेर चार वर्षभन्दा बढी जेल बसिसकेका छन् । उनलाई प्रहरीले छ पटक पक्रेर मुद्दा चलाएको थियो ।
यसैगरी छुरा हान्ने अर्का सुदीप गुरुङले भने यसअघि १३ पटक पक्राउ परेर कारबाही भोगिसकेका थिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस