• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

राहत शिक्षकलाई आन्दाेलन नगर्न सरकरी आग्रह

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । राहत काेटाका शिक्षकले देशव्यापी रुपमा पठन पाठन ठप्प पार्ने भनेपछि सरकारले पढाइ सुचारु गर्न आग्रह गरेकाे छ । राहत शिक्षकले काठमाडाैंमा दुई दिनदेखि प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रदर्शनकाे क्रममा प्रतिनिधिसभा भवन अगाडि निषेधित क्षेत्र ताेड्न खाेजेपछि झडप समेत भएकाे छ ।

शिक्षा मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुराउन नहुने भन्दै शिक्षकहरुलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेकाे हाे । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज जारी गरेकाे विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान गरेका छन् ।

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् । 
 

प्रतिकृया दिनुहोस