नेपालको सबैभन्दा ठूलो समस्या के हो ? ओली भन्छन्– भ्रष्टाचार हो
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राज्यले सेना र प्रहरीलाई जनतासँग भिडाएर मारामारको स्थिति सिर्जना गरेको बताएका छन् । शहीद दिवसको प्रसंगमा ओलीले सो कुरा भनेका हुन् ।
साताव्यापी मनाइएको शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले भने– ‘अब हिजाको जस्तो मारामारको अवस्था छैन । हामीले अधिकारका लागि लडिने लडाईं पूरा भएको छ । अधिकारका लागि फेरी आन्दोलन गरेर कसैले पनि अब शहीद हुनु पर्दैन ।’
काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतन्त्रको स्थापना भएपछि अधिकारको समानता भएको बताए । उनले भने– ‘नेपाललाई प्रकृतिले सम्पन्न र धनी देश बनाएको छ तर मानिसले देशलाई गरिब बनाउनु हुदैन । प्राकृतिकस्रोत र साधनको प्रयोग गरेर थप समृद्ध बनाउनुपर्छ ।’
ओलीले लोभ लालच त्याग्न र भ्रष्टाचार नगर्न अपिल गर्दै भने– ‘आज शहीद दिवशको दिन । आजै संकल्प गरौं अब कसैले पनि भ्रष्टाचार नगरौं । देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । यसबाट देशलाई मुक्त गरौं ।’


प्रतिकृया दिनुहोस