नक्कली बैंक ग्यारेन्टी बनाउने पक्राउ
काठमाडौं । कृषि विकास बैंकको मुख्य शाखा कार्यालय रत्नपार्क काठमाडौंको छाप, लेटर प्याड तथा हस्ताक्षर दुरुपयोग गरेर नक्कली अग्रिम भुक्तानी जमानत बनाउने तीननजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रत्नपार्क शाखाका तत्कालीन (०७३ असार) शाखा अधिकृत छविलाल ढकाल र भोजपुर–टक्सार–लेखर्क सडक स्तरोन्नतिकाे जिम्मा पाएको एम.के–वाई.पी जेभीका प्रतिनिधिहरु रहेका छन् ।
०७३ असारमा भोजपुर–टक्सार–लेखर्क सडक स्तरोन्नतिकाे ठेक्का लिएका एम.के–वाई.पी जेभीका आधिकारीक प्रतिनिधिहरु धनकुटाका रणधीर तुम्बा र बाजुराका देवजंग शाहीलाई पनि नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
आपसी मिलेमतोमा अभियुक्तहरुले ५५ लाख ५० हजार रुपैयाँको नक्कली अग्रिम भुक्तानी जमानत बनाएर बैंकलाई नोक्सान पुर्याएको ब्युराेले गरेको अनुसन्धानबाट खुलेको छ ।
आइतबार पक्राउ परेका अभियुक्तहरुमाथि बैंकिङ्ग कसुर मुद्धामा म्याद लिएर थप अनुसन्धान भइरहेको ब्युराेले जनाएको छ ।
सो बैंक ग्यारेन्टीमार्फत अभियुक्तहरुले पहिलो किस्ता ५५ लाख ३० हजार र दोस्रो किस्ता ५५ लाख ५० हजार जिल्ला प्राविधिक कार्यालय भोजपुरबाट भुक्तानी लिएको खुलेको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस