• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

चावहिलमा मध्यराति छुरा प्रहार 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । काठमाडौंको चावहिलमा मंगलबार मध्यरातमा छुरा प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । 

चावहिल चोकमा छुरा प्रहारबाट गम्भिर घाईते भएका ओखलढुंगाका बिजय बानियाँको त्रिवी शिक्षण अस्पतालमा उपचार भईरहेको बताईएको छ । 

ठिमी बस्ने बानियाँलाई  छुरा  प्रहार गरेको आशंकामा गंगाहिटी बस्ने साजन कालिकोटे र रातोपुलका सुदिप घिमिरेलाई नियन्त्रणमा लिईएको काठमाडौं परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

चार जनाको समूहमा रहेका उनीहरु सवैले ड्रग्स सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  छुराकाे चाेटबाट  सामान्य घाईते भएका सुदिपलाई अस्पतालबाट डिस्चार्ट भएपछि नियन्त्रणमा लिइएको हो । 

समुहमा रहेका अर्का एक जना फरार रहेको र उनको खोजि भईरहेको डिएसपी बोगटीले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस