• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अमेरिका - इयू सम्बन्ध सुधारिँदै

रासस

रासस

ब्रसेल्स । संयुक्त राज्य अमेरिकाले आफ्नो यूरोपेली संघ (इयू) नियोगसँगको सहयात्रामा केही समय प्राविधिक समस्या देखिएको तर यसलाई पूर्ववत अवस्थामा ल्याइसकिएको दाबी गरेकाे छ । 

अमेरिकाले इयूलाई आफ्नो महत्वपूर्ण सहयात्री भन्दै व्यापार विवादका कारण बीचमा केही समय असमझदारी देखिएपनि यसलाई सम्बोधन गरिसकिएको भनेकाे छ । अमेरिकी विदेश विगागले इयू नियोगसँगको कूटनीतिक अवस्थालाई सदस्य राष्ट्रबाट अन्तर्राष्ट्रिय संगठनका रूपमा हेर्ने सन् २०१८ को निर्णयले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सहयात्रीबीचको सम्बन्धमा खटपटको अवस्था देखिएको थियो । 

“संयुक्त राज्य अमेरिकाको विदेश विभागले पुनः इयूको वासिङ्टनका लागि हुने प्रतिनिधित्वलाई दुईपक्षीय नियोग ‘डिप्लोमेटिक कप्र्स अर्डर अफ प्रिसिडेन्स’ समानरूपमा मान्यता दिने निर्णयले सम्बन्ध थप सुमधुर बनेको छ,” इयूका लागि अमेरिकी राजदूत गोर्डन सोनल्याण्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

“यूरोपेली संघ विशिष्ट महत्वको संगठन हो र विश्वव्यापी सुरक्षा र सम्वृद्धिको बाटोमा इयू अमेरिकाका लागि महत्वपूर्ण साझेदार राष्ट्र हो ।” 

“यूरोपको सुरक्षा र सफलताले अमेरिकालाई विशिष्टरूपमा जोड्ने र यो तहको सम्बन्ध र सहकार्य सबै क्षेत्रका लागि उचित मानिएको छ । ” 

इयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीका प्रवक्ता माजा कोसिजान्सिकले घोषणाको स्वागत गरेका छन् । 

“हामी यसकारण खुशी बनेका छौँ  कि अमेरिकाले प्रचलित अभ्यासलाई पूर्वस्थितिमा लाने निर्णय लिएको छ, जसबाट दुवैको सम्बन्ध थप बलियो बन्नेछ ।” 

अमेरिकाले गत बर्ष इयूलाई हेर्ने निर्णयमा परिवर्तन गरेपछि जनवरीमा इयूले यसबारे अमेरिकी अभिकारीसँग कुरा गर्ने बताएका जर्मनीको अन्तर्राष्ट्रिय प्रशारक दोयची वेलेले सार्वजनिक गरेको थियो । 

उक्त सञ्चारमाध्यमले जनाएअनुसार गत डिसेम्बरमा अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुशको अन्त्येष्टिमा अमेरिकाका लागि इयूका राजदूतले निमन्त्रण ग्रहण नगरेपछि उक्त मुद्दाले स्थान पाएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै यूरोपसँग एक समय अति नै सुमधुर रहेको सम्बन्धमा समस्या देखिएको थियो । वासिङ्टनले यूरोप तथा अन्य साझेदार राष्ट्रबाट अमेरिका भित्रिने स्टिल र आल्युमिनियममा कर वृद्धि गरेपछि सम्बन्ध थप बिग्रिएको थियो । 

गत डिसेम्बरमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ब्रसेल्समा गरेको इयू र अमेरिकाबीचको नीतिबारेको सम्बोधनमा बेलायतको इयूबाट बहिर्गमनका लागि हुने मतदानले कूटनीतिक तहमा राखिने चासोलाई नागरिकसम्म पुराउन हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जाएको बताएका थिए । 

 

प्रतिकृया दिनुहोस