• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

पहिलो हाफ सकिँदा ब्राजिल १–० ले अघि

सनराइज खबर

सनराइज खबर

कोपा अमेरिका २०१९ को पहिलो सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् । खेलको पहिलो हाफ सकिदा ब्राजिलले १–० को अग्रता लिएको छ ।

खेलको १९ औं मिनेटमा ग्याब्रीएल जेससले गोल गरेपछि ब्रजिलले अग्रता लिएको हो । फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई जेससले गोलमा परिणत गरेका थिए ।

खेलको ३० औं मिनेटमा अर्जे्न्टिनाले खेल बराबरीमा ल्याउने अवसर गुमाएकाे थियो । कप्तान लिओनल मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासमा सर्जियो अगुएरोले गरेको हेडर प्रहार

क्रसबारमा लागेर फर्किएको थियो । 
 

प्रतिकृया दिनुहोस