ठगी अभियोगमा ‘डन’ सत्यमान लामा पक्राउ
राजेश भण्डारी -
काठमाडौं– डन भनेर कहलिएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्रेको हो ।
काभ्रे घर भएका सत्यमानले पछिल्लो समय प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका डन दावा लामाको उत्तराधिकारीका रुपमा काम गर्दै आएका थिए ।
काभ्रेको तिमाल गाउँपालिका–५ नारायणस्थानमा ‘भूकम्प पीडितको नाममा अस्पताल बनाउँछु’ भन्दै उनले एक करोड ७५ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
०७२ सालको भूकम्पपछि ताइवानको एक संस्थाबाट उनले भूकम्प प्रभावितका लागी २५ शैय्याको अस्पताल बनाउने भन्दै रकम लिएर डोजर मात्रै लगाएर छाडेका थिए ।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत बर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा पनि प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।
सत्यमानले बुढानिलकण्ठका दिलीप लामाको २५ लाख रुपैयाँको चेक धाकधम्की दिएर लुटेको आरोप पनि छ । ‘अहिले उनलाई ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएका हौं’ अपराध महाशाखाका एसएसपी थापाले भने, ‘उनीबारे थप अनुसन्धान हुँदैछ ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस