पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मालाई
काठमाडौं । खेलकुद क्षेत्रमा प्रदान गरिने नेपालकै ठूलो अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितेकी छिन् ।
उनले क्रिकेटका सन्दिप लामिछाने र फुटबलकी सावित्रा भण्डारीलाई उछिन्दै अर्वाड जितेकी हुन् ।
यसैगरी टीम अफ द इयरको अवार्ड प्याराग्लाइडिङ टिमले पाएको छ । त्यस्तै ‘कोच अफ द इयर’को उपाधि पनि प्याराग्लाइडिङकै प्रशिक्षक योगेश भट्टराईले जितेका छन् ।
पारा वर्ष खेलाडीको उपाधि नेत्रहीन महिला क्रिकेट खेलाडी मनकेसी चौधरीले जितेकी छिन् ।
यसैगरी स्पेसल अवार्ड रोहित चन्दले पाएका छन् । यस्तै, लाईफटाइम अचिभमेन्ट अवार्ड हरिबहादुर रोकायले प्राप्त गरेका छन् ।
सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले जितिन् ।
त्यसैगरी युवा वर्ष खेलाडीको पुरुषको उपाधि म्याथनका अजित कुमार यादवले जितेका छन् ।


प्रतिकृया दिनुहोस