कागज कीर्ते गरी सरकारबाट क्षतिपूर्ति भराउन खोज्ने पक्राउ
काठमाडौं । सरकारी छाप, लेटरप्याड र दस्तखत कीर्ते गरी सरकारसँगै एक अर्ब आठ करोड क्षतिपूर्ति भराउन खोज्ने दुई जना पक्राउ परेका छन् ।
प्रहरीले काभ्रेको धुलीखेल बस्ने बारा निजगढकी ३३ वर्षीय लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजनकुमार थापालाई पक्राउ गरेको हो ।
सिंहदरबारको दक्षिण गेट नजिकबाट उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारणले भएको भनी प्रमाणित गरिएको कागज समेत बरामद गरेको छ । पत्रमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीको कीर्ते हस्ताक्षर छ ।
सो कागजमा क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप आठ करोड ७६ लाख गरी जम्मा एक अर्ब आठ करोड ७६ लाख दिने उल्लेख छ ।
त्यसैगरी प्रहरीले उनीहरुको साथबाट १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी र नगद ४२ हजार दुई सय दश रुपैयाँ समेत बरामद गरेको छ ।
उनीहरुको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस