• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तीन छोरीले दिए भरतमोहनलाई दागवत्ती

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा तीनजना छोरीले दागवत्ती दिएका छन् । ८३ वर्षिय अधिकारीको शनिबार राति निधन भएको थियो । 

अधिकारीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि नेकपा केन्द्रिय कार्यालय धूम्बाराहीमा राखिएको थियो । अधिकारीप्रति श्रद्धान्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, नेकपाका नेताहरु, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु ठूलो संख्यामा पुगेका थिए । 

अधिकारीको पार्थिव शरिरमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री रहेका थिए । 
 

प्रतिकृया दिनुहोस