आज धान दिवस, हालसम्म १२ प्रतिशत मात्रै राेपाइँ
काठमाडाैं । आज असार १५ अर्थात् १६ औँ राष्ट्रिय धान दिवस । देशैभर धान रोपेर यो दिवस मनाइँदै छ । साथै असार १५ लाई दहीचिउरा खाने दिन भनेर पनि चिनिन्छ ।
मनसुन भर्खरै मात्र सक्रिय भएको हुनाले पर्याप्त पानी पर्न सकेको छैन । जसका कारण अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् ।
धान दिवस मनाइरहँदा देशभर १२ प्रतिशत मात्रै रोपाइँ भएको छ । जब कि गतवर्ष यतिबेलासम्म २२.०७ प्रतिशत धान रोपाइँ भइसकेको थियो ।
पहाडी भूभागमा समयमा पानी पर्दा असार १५ सम्म लगभग रोपाइँ सकिने गर्छ । तर वर्षा नभएका कारण यो पटक रोपाइँ ढिलाे सुरु भएको हो । तराईमा भने साउनभरि रोपाइँ चल्ने गर्छ ।
सरकारले पाँच वर्षमा धानको उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ।


प्रतिकृया दिनुहोस