• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

वेस्ट इन्डिज भारतसँग पराजित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । एक दिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिज भारतसँग एक सय २५ रनले पराजित भएको छ । 

२ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३४.२ ओभरमा अल आउट हुँदै १ सय ४३ रन मात्र जोड्न सक्यो । 

खराब ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि सुनिल एम्ब्रिसले ३१, निकोलस पुरन २८, शिम्ररोन हिटमायर १८, केमर रोच १४ र शिल्डन कर्टेलले १० रन जोडे । यस्तै, क्रिस गेल ६,शाई

होप ५, जोसन होल्डर ६, कार्लोस वर्थवेट १, एविएन एलिन डक र ओसन थोमस ६ रनमा आउट भए ।

भारतका लागि मोहम्मद शामीले ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र युजवेन्द्र चाहलले दुुईदुुई विकेट लिदा हार्दिक पान्ड्या र कुलदीप यादवले एकएक विकेट लिए ।

त्यसअघि म्यान्चेस्टरमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहली ७२ रनको

योगदान दिए । यस्तै, एमएस धोनीले ५६, केएल राहुलले ४८, हार्दिक पाण्डेयाले ४६, रोहित शर्माले १८ र विजय शंकरले १४ रन बनाए । 

बलिङतर्फ वेस्ट इन्डिजका लागि केमर रोचले ३ विकेट लिए । त्यस्तै जेसन होल्डर र शेल्डन कोट्रेलले २-२ विकेट लिए ।
 

प्रतिकृया दिनुहोस