• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

श्रृङ्लाबद्ध ‘सुई आतंक’मा संलग्न पक्राउ 

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । काठमाडौंको पकनाजोल, डल्लु र ठहिटी क्षेत्रमा पछिल्लो दुई महिनायता ‘सुई आतंक’ मच्चाउँदै आएका सन्तोष कार्की पक्राउ परेका छन् । 

रामेछापको खाँडादेवी स्थायी घर भएका कार्कीले महाराजगञ्ज स्थित भाटभटेनी सुपर मार्केटसँगै फास्टफुड सञ्चालन गर्दै आएका थिए । बिहीबार राति सन्तोषलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले सनराइज खबरलाइ जानकारी दिए । 


०७५ चैत अन्तिम साता यता ६ स्थानमा भएको ‘सुई आतंक’मा संलग्नताको अभियोगमा पक्राउ परेका सन्तोषले अभियोग स्वीकार गर्दै प्रहरीलाई वयान दिएकाे जानकारी प्राप्त भएकाे छ ।

तर, उनले सिरिन्जले नघोपेर काँटीले घोपेर भाग्ने गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । परिसर काठमाडौंका डिएसपी बोगटी भन्छन्, ‘उसले सिरिन्ज हैन, ढलान काँटीले घोपेको स्वीकार गरेको छ ।’ 


रमाईलोका लागि ढलान काँटीले घोप्ने ‘सुई आतंक’  मच्चाएका सन्तोष डिप्रेशनको बिरामी हुनसक्ने बताइएको छ ।
 

प्रतिकृया दिनुहोस