• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भारतले दियो वेष्टइन्डिजलाई दुुई सय ६९ रनको लक्ष्य

सनराइज खबर

सनराइज खबर

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले वेष्टइन्डिजलाई दुुई सय ६९ रनको लक्ष्य  दिएकाे छ । 

म्यान्चेस्टरमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुुई सय ६८ रन बनायो । भारतका लागि कप्तान विराट कोहली ७२ रनको योगदान दिए ।

यस्तै, एमएस धोनीले ५६, केएल राहुलले ४८, हार्दिक पाण्डेयाले ४६, रोहित शर्माले १८ र विजय शंकरले १४ रन बनाए । 

बलिङतर्फ वेष्ट इन्डिजका लागि केमर रोचले तीन विकेट लिए । त्यस्तै जेसन होल्डर र शेल्डन कोट्रेलले दुईदुई विकेट लिए ।

प्रतिकृया दिनुहोस