• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इंग्ल्यान्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलिया इंग्ल्यान्डलाई ६४ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

२ सय ८६ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रन मात्र जोड्न सक्यो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ८९ रनको योगदान दिए । यस्तै जेम्स भिन्स शून्यमा आउट हुँदा जोनी बेयरस्टोले २७ रन जोडे । आदिल राशिदले २५, क्रिस वोक्स २६, मोइन अली ६, जो रुटले ८, मोर्गनले ४ र जोफ्रा आर्चरले १ रन जोडे ।

अस्ट्रेलियाका लागि जेसन बेहरनडर्फले १० ओभरमा ४४ रन खर्चेर पाँच विकेट हात पारे । त्यस्तै मिचेल स्टार्कले ४ विकेट लिँदा मार्कस स्टोइनिसकले १ विकेट लिए ।

त्यसअघि लर्डसमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो । 

अस्ट्रेलियाका लागि ओपनर आरोन फिन्चले १ सय रनको योगदान दिए । यस्तै वार्नरले ५३, स्टिभ स्मिथ र एलेक्स केरीले समान ३८, खवाजाले २३, ग्लेन म्याक्सवेलले  १२, मार्कस स्टोइनसिले ८, प्याट कमिन्स १ र मिचेल स्टार्कले १ रन जोडे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले २ विकेट हात पारे । यस्तै जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १-१ विकेट लिए ।

प्रतिकृया दिनुहोस