• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भारत पाकिस्तान युद्धकाे खतरा घट्दै

सनराइज खबर विदेश डेस्क

सनराइज खबर विदेश डेस्क

काठमाडौं । पाकिस्तानले भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई रिहा गरेको छ । 

भारतले हमला गर्न पठाएको मिग लडाकू विमान पाकिस्तानले गिराएपछि अभिनन्दन प्यारासुटबाट झरेर बाँचेका थिए । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । 

अभिनन्दनको रिहाई सँगै भारत र पाकिस्तानबीच युद्धको खतरा हाललाई टरे जस्तो देखिएको छ । यद्यपि तनाव भने चरममै रहेको छ । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसदको संयुक्त वैठकलाई बिहिबार सम्वोधन गर्दै अभिनन्दनलाई रिहा गर्न घोषणा गरेका थिए । इमरानले युद्ध नचाहेको, शान्ति चाहेको र भारतसँग सम्वन्ध सुधार गर्न चाहेको भाषण संसद वैठकमा गरेका थिए । 

इमरानले भारत र पाकिस्तानबीच युद्ध भए कसैले नजित्ने बताएका थिए । पाकिस्तानका प्रधानमन्त्रीहरुको परम्परागत शैलीभन्दा नितान्त फरक तरिकाले इमरानले भारत पाकिस्तान सम्वन्ध उपर विचार राखेका थिए । 

इमरानले भारत पाकिस्तान तनावको मुख्य कारण भारतमा हुन लागेको आमचुनावलाई बताएका थिए । भारतमा चुनाव आएकाले पाकिस्तान विरुद्ध केही गरिने आशंंका पहिले नै गरिएको उनले बताए । 

भारत र पाकिस्तान बीच तनाव बढेपछि पाकिस्तानले आफ्नो आकाशमा गैरसैनिक जहाजको उडानमा समेत प्रतिवन्ध लगाएको छ । पाकिस्तानी आकाश एसिया प्रशान्त क्षेत्रको प्रमुख रुट हो । पाकिस्तानले उडानमा प्रतिवन्ध लगाएपछि आसिया दशहरुका साथै पूरै पूर्वी एसिया तथा नेपालबाट हुने उडान समेत प्रभावित भएको छ। 

आफ्नो कब्जामा परेका अभिनन्दनलाई रिहा गर्ने पाकिस्तानको निर्णयलाई शान्तिका लागि शशक्त एक कदम ठानिएको छ । 
 

प्रतिकृया दिनुहोस