हेलिकोप्टर दुर्घटनामा मारिएका सातैजनालाई विदाई
काठमाडौं । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुलाई देशले श्रद्धान्जली प्रकट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । त्यसैगरी ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गरेका छन् ।
आज बिहान काठमाडौंको टुँडिखेलमा उनीहरुको शव अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । श्रद्धान्जली अर्पण गर्न हजारौंको भिड लागेको थियो ।
गत १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको दुर्घटनामा सात जनाको निधन भएको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।
टुँडिखेलमा श्रद्धान्जली अर्पण पछि आआफ्नो परिवारले दाहसंस्कारका लागि शव लगेका छन् । रवीन्द्र अधिकारीको शव पोखरा पुराइएको छ । उनलाई श्रद्धान्जली दिन हजारौं मानिस भेला भएका छन् ।


प्रतिकृया दिनुहोस