उपत्यकाका पाँच ठाउँमा शक्तिशाली विष्फोटकाे विप्लव योजना विफल
काठमाडौं । सोमबार मध्यान्ह २ बजेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका वृत्त इन्चार्ज (डिएसपी) हरूलाई कार्यालयमा बस्ने छुट थिएन ।
काठमाडौं प्रहरी प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) उत्तमराज सुवेदीले २ बजेपछि सवै वृत्त इन्चार्जहरूलाई फिल्डमा निस्कन आदेश गरेका थिए ।
त्यो किनभने, काठमाडौं प्रहरीले विप्लव समूहले आयोजना गरेको बन्दको पूर्वसन्ध्यामा शक्तिशाली विस्फाेट गराउन सक्ने आँकलन गरेको थियो । काठमाडौंबासीले पनि सोचेका थिए, मंगलबार आयोजित नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव समूहले ठुलै विस्फाेट गर्न सक्छन् ।
तर, त्यस्तो भएन । काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव देखिए पनि कुनै अप्रिय घटना भएको छैन ।
अप्रिय घटना नहुनुको कारण छ । त्यो के भने, विप्लव समूहले काठमाडौंमा तीन ठाउँमा शक्तिशाली बम विस्फाेट गराउने योजना बनाएको थियो । तर, प्रहरी सक्रियतापछि विप्लव समूहको त्यस्तो योजना असफल भएको छ ।
सोमबार साँझ प्रहरीले काठमाडौंबाट भुजेल थरका विप्लवका एक कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । भुजेल पक्राउ परेपछि विप्लवको योजना खुलेको र उक्त योजना विफल पार्न प्रहरी सक्रिय भएको थियो । प्रहरीले भुजेलको नाम ठेगाना गोप्य राखेको छ ।
सोह्रखुुट्टे लगायतका तीन स्थानमा विस्फाेट गराउने विप्लव योजना विफल भएको प्रहरीका एक उच्च अधिकारीले सनराइजखबरलाई जानकारी दिए ।
भक्तपुर र ललितपुरमा पनि असफल
विप्लव समूहले भक्तपुर र ललितपुरमा पनि दुई वटा बम विस्फाेट गर्ने योजना बनाएको थियो । तर, प्रहरी इन्जेलिजेन्सका कारण उक्त योजना विफल भएको छ ।
‘भक्तपुरको एक ठाउँमा र ललितपुरको एक ठाउँमा विस्फाेट गराउने योजना असफल भएको छ’, विप्लव समूहबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्, ‘उपत्यकाको पाँच ठाउँमा विस्फाेट गराउने योजना विफल भएपछि सम्भावित जनधनको क्षति रोकिएको छ ।’
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस