• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

पाँचथरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

सनराइज खबर

सनराइज खबर

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ छन् ।

आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए । तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको गस्ती टोलीले पक्राउ गरेको पौडेलले बताए ।

तामाङलाई सोमबार जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान सुरु गरिएको बताइएकाे छ ।

प्रतिकृया दिनुहोस