• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

घुस लिने सहायक निरीक्षक अख्तियारको फन्दामा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवाललाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

वन मन्त्रालयबाट पक्राउ पुर्जी आएकाले त्यसलाई मिलाइदिन्छु भनी सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजिकैबाट पक्राउ गरिएको हो । 
 

प्रतिकृया दिनुहोस