एन्फाको नक्कली टिसर्ट बनाएर बेच्दा प्रहरीको फन्दामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नक्कली लोगो प्रयोग गरेर टिसर्ट बनाई बेचबिखन गर्ने छ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाग्लुङका चन्द्रदत्त शर्मा, खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकहरू विष्णुप्रसाद कँडेल र सागर पाण्डे, महाबाैद्धस्थित रेडिमेड स्टोरका सञ्चालक गोविन्द खनाल, विशालबजारस्थित एसी स्पोर्ट्स गोदामका सञ्चालक रामशरण खरेल र सुन्धारास्थित सिटी स्पोर्ट्सका सञ्चालक निलम बस्नेत छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले प्रयोग गर्ने जर्सी तयार गर्न एन्फाले अन्तर्राष्ट्रिय ब्रान्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरेको थियो । नेपालमा जर्सीको आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालिलाई तोकिएको थियो ।
तर, राष्ट्रिय टिमको जर्सी अन्य बिक्रेताहरूले डुप्लिकेट लोगो प्रयोग गरेर बिक्री गरेको एन्फाको पत्रको आधारमा त्यसमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले एन्फको डुप्लिकेट जर्सी कारोबारमा संलग्नहरूको स्टोरबाट उल्लेख्य संख्यामा जर्सी बरामद गरेर अनुसन्धान गरिरहेको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस