• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

लागुऔषधसहित दुई जना पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका –२ को खहरेखोलाबाट अवैध लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँका गिरबहादुर मगर र कास्कीका सुमन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सुमन विगत लामो समयदेखि आबुखैरेनी बस्दै आएका थिए । 

प्रहरीले उनीहरूको साथबाट डाइजेपाम सिसी ९० एम्पुल, फेनारगन सिसी ९० एम्पुल, नुर्फिन सिसी ९० एम्पुल, अल्कोहल स्वाब १ सय थान र सिरिन्ज १५ थान बरामद गरेको छ । 

बिहीबार पक्राउ परेका सुमन र गिरबहादुरलाई लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रतिकृया दिनुहोस