• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ओली सहित मन्त्रिमण्डल टिम रविन्द्र अधिकारी निवासमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओली तथा उनको मन्त्रिमण्डलको टिम दिवंगत मन्त्री रविन्द्र अधिकारीको निवास पुल्चोकमा पुगेको छ । ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीका मातापिता, पत्नी तथा परिवारलाई प्रधानमन्त्री ओलीले तपाईंहरुको साथमा पार्टी छ, सरकार छ र समस्त नेपाली जनता छन् भन्दै सान्त्वना दिएका छन् ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा मन्त्रिमण्डलको वैठक सकेर प्रधानमन्त्री ओली सहितको टोली अधिकारी निवास पुगेको हो । प्रधानमन्त्री ओली तथा उनको मन्त्रिमण्डलको टोलीले शोकाकूल परिवारलाई सान्त्वना दिएको थियो । 

मन्त्रिपरिषदको वैठकले अधिकारीका साथै अन्य ६ जनाको निधनमा बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीका सञ्चार संयोजक चेतन अधिकारीका अनुसार मन्त्रिपरिषदले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक प्रसाद बास्तोला, अवकास प्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको एक छानविन समिति गठन गरेको छ । 

मन्त्रिपरिषद्ले ताप्लेजुङमा भएको सो दुर्घटनालाई अकल्पनीय, अप्रत्यासित र दुःखद भनेको छ । 

स्रोत अनुसार मन्त्रिपरिषद वैठकमा प्रधानमन्त्री ओलीले भावुक मन्त्व्य दिएका थिए र आफू मर्माहत भएको बताएका थिए । प्रधानमन्त्री ओलीको मन्त्री अधिकारीका साथै दिवंगत भएका आङछिरिङ शेर्पा र उपसचिव युवराज दाहालसँग विशेष निकटता थियो । 
 

प्रतिकृया दिनुहोस