• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दुर्घटना भएको हेलिकोप्टरमा मन्त्री अधिकारी, उपसचिव युवराज दाहाल, पर्यटनकर्मी आङ्छिरिङ शेर्पा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । दुर्घटनामा परेको पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टरमा अन्य ६ जना रहेको बताइएको छ । हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवाराज दाहाल पनि हेलिकोप्टरमा भएको जानकारी प्राप्त भएको छ । उनीहरुको नम्बरमा फोन गए पनि फोन उठ्दैन । यसको अर्थ दुर्घटनामा फोन नष्ट भएको छैन । त्यसैले दुर्घटनामा परेकाहरु सकुशल रहेको आशा गर्न सकिन्छ । 

चुहानडाँडा विमानस्थल निरीक्षण गर्न गएको सो टोली ताप्लेजुङको पाथीभरा पनि दर्शन गर्न गएको थियो । फर्कने क्रममा सो दुर्घटना भएको बताइएको छ । 


स्रोत अनुसार सेनाको हेलिकोप्टर खोजी तथा उद्दारका लागि काठमाडौंबाट जान लागेको छ । दुर्घटना स्थलमा केही बेरमा प्रहरीको उद्दार टोली पुग्ने जानकारी प्राप्त भएको छ । 
 

प्रतिकृया दिनुहोस