विकासमा अवरोध केके छ ? हामी हटाउँछौं : प्रम ओली
काठमाडौं । नेपालमा विकसित देशहरुका सडकसँग तुलना गर्न सकिने सडक बन्न थालेको छ । त्यस्तैमध्येको एक हो काठमाडौंको कोटेश्वरदेखि कलंकीसममको सडक ।
कोटेश्वरदेखि कलंकीसम्मको सडक चक्रपथको अंग हो । चक्रपथको अन्य भागलाई पनि यस्तै बनाउने सरकारी योजना छ ।
काठमाडौंवासीले ‘वाह’ भन्न र गर्व गर्न लायकको यो सडक निर्माण सम्पन्न भएपछि नेपाल सरकारले जिम्मामा लिएको छ ।
सोमबार राजधानीमा एक कार्यक्रमबीच चीन सरकारले यो सडक नेपाललाई हस्तान्तरण गरेको हो ।
सडक हस्तान्तरण कार्यक्रममामा प्रधानमन्त्री ओलीले भने मित्रराष्ट्र चीन सरकारलाई धन्यवाद दिए । 
ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न छिमकी देशहरुबाट बहुआयामिक रुपमा सहयोग लिनुपरेको बताए । ‘नेपालको विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनले साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु।’
हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै ओलीले सरकारलाई ढिलो गर्ने छुट छैन भने ।
कार्यक्रममा ओलीले घोषणा गरे– ‘तिव्र विकास गर्न केके अवरोध आएको छ ? केके समस्या छ ? सम्बन्धित निकायले ल्याउनुहोस् । आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ।’
ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र नभएर प्राकृतिक रुपले पनि नजिक रहेको बताए । कार्यक्रममा नेपालका लागि चीनकी राजदूत हु यांकी (ज्यगथबलत्रष्) ले प्रधानमन्त्री ओलीलाई सडक हस्तान्तरण गरेको घोषणा गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस