• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पाकिस्तानमा पनि बम विस्फोट, एकको मृत्यु र १३ घाइते

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाै‌ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एकजना व्यक्तिको मृत्यु हुनुको साथै १३ जना घाइते भएका छन् । साे प्रान्तमा पृथकतावादी आन्दा्लन चलिरहेकाे छ र साे आन्दाेलनलाई भारतकाे समर्थन रहेकाे घाेषणा दुई वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले गरेका थिए  

भारत र पाकिस्तानबीच तनाव बढिरहेकाे बेला साे घटना भएकाे हाे । केही समय पहिले भारतकाे कश्मिर राज्यमा आतंकवादी आक्रमण हुँदा ४० भन्दा धेरै भारतीय सैनिककाे मृत्यु भएकाे थियाे । साे आतंकवादी आक्रमण पाकिस्तान प्रायाेजित भएकाे आराेप भारतले लगाइरहेकाे छ । 

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार बलुचिस्तानको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकामा सो बम विस्फोट भएको हाे । छदेखि आठ किलो विस्फोटक पदार्थले भरिएको सो बम रिमाेटद्वारा विस्फोट गराइएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । 

यस बम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

(विभिन्न सञ्चार एजेन्सीहरुकाे सहयाेगमा)

प्रतिकृया दिनुहोस