• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल भारत सीमा बन्द नगर्न एक सांसदको माग

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभामा एक सांसदले राष्ट्रिय सुरक्षा सम्वन्धमा नौलो र अनौठो विचार राखेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद वृशेषचन्द्र लालले नेपाल भारत सीमा बन्द नगरेर खुला गरिनुपर्ने विचार राखेका हुन् । 

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै लालले भने– ‘नेपाल भारत बीचको खुला सीमालाई यथावत राख्नुपर्छ, बन्द गर्न हुँदैन ।’ खुला सीमा नेपालको तराई मधेस अर्थात् नेपालको दक्षिणी भेगको जीवनको अभिन्न अंग भएको उनले दावी गरे । दुई राज्यको निर्णयभन्दा पनि जनताको अटुट सम्वन्धका कारण खुला सीमा कायम रहेको उनले बताए ।

सन् १९५० को सन्धी पुनरावलोकन गर्न इपीजी गठन भएको र इपीजीले सीमा बन्द गर्न सिफारिस गरिएको भन्दै उनले आपत्ति जनाए । मधेसको जनतामा इपीजीलाई लिएर ठूलो आक्रोश रहेको दावी गर्दै उनले भने– ‘इपीजीमा सीमानाका जनताको प्रतिनिधित्व थिएन । त्यसैले यसमा आपत्ति छ ।’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले छिमेकी मुलुकको प्रभावमा परी इपीजीको रिपोर्टमा प्रभावित गरेको र त्यसलाई चुहाएको समाचार छापिएको भन्दै उनले प्रधानमन्त्रीको एक्सन रुमको चर्चा गरे । उनले भने– ‘प्रधानमन्त्रीको एक्सन रुमको जिम्मेवारी बिना टेण्डर हुवावेको सहायक कम्पनीले पाएको समाचार आएको छ । नेपालमा प्रत्यक्ष सुरक्षा र रणनीतिक स्वार्थ भएका देशहरुसँग महत्वपूर्ण सूचनाहरु चुहिने सम्भावना हुने जिम्मेवारी दिन हुँदैन ।’

उनले भने– ‘हुवावे र त्यसले गर्दा मुलुकहरुको सुरक्षाको खतराको सवाल अहिले विश्वभरी नै चर्चाको विषय बनेको छ ।’

नेपाल दूर संचार प्राधिकरणका पूर्व सिईओले राजीनामा गर्नु पूर्व देशको सुरक्षासँग सम्वन्ध राख्ने सम्झौताहरु गरेको समाचारहरु आएको उनले बताए । तर, कोसँग कस्तो सम्झौता गरिएको हो भन्ने चाहिँ खुलाएनन् । 

प्रतिकृया दिनुहोस