पृथकतावादी र विप्लव राज्यका चुनौति हुन्– गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पृथकतावादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी राज्यको चुनौति भएको बताएका छन् । उनले शुक्रबार गरिएको वम विष्फोट तथा आगजनीमा विप्लव समूहको हात भएको पनि बताएका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको वैठकमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।
एक नम्बर प्रदेश बाहेक देशका २०–२१ जिल्लामा एनसेलको टावरमा आक्रमण भएको उनले जानकारी दिए । विप्लव समूहलाई नियन्त्रण गर्न खोज्दा पनि विभिन्न कारणले उन्मुक्ति पाएको चर्चा गर्दै उनले छुट्टै कार्ययोजना ल्याएर यो समूहलाई नियन्त्रण गरिने दावी गरे ।
विगतमा पनि विप्लव समूहले शुक्रवारकै जस्तो प्रकृतिको घटना गराउँदै आएको जानकारी दिँदै उनले त्यही आधारमा शुक्रबारको घटनामा पनि सोही समूहको संग्लग्नता रहेको निष्कर्ष निकालिएको बताए ।


प्रतिकृया दिनुहोस