• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

आतंक विरुद्ध उभिए गगन थापा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा शुक्रबार ललितपुरमा भएको वम विष्फोट तथा देशका विभिन्न भागमा भएका आगजनीको घटनाको विरुद्धमा उभिएका छन् ।

गगनले शनिबार राति ट्वीटरमा हरेक आततायी घटना भत्र्सनालायक हुन्छन् भनी लेखेका छन् । 

ललितपुरको नख्खु स्थित एनसेल कम्पनीको कार्यालयको गेटमा भएको वम विष्फोटमा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका छन् । त्यसैगरी देशका विभिन्न भागमा एनसेलको टावरमा आगजनी गरिएको थियो । 

गगनले लेखेका छन्– ‘हरेक आततायी घटना भत्सर्नालायक हुन् र अहिलेसम्म पनि यसको निरन्तरता हुनु चिन्ताजनक अवस्था हो । प्रभावितलाई राहत दिने तर दोषीमाथि कारवाही नगर्दा यी आततायी कुकृत्यलाई महान बनाउने क्रान्तिकारितालाई समाजमा स्थापित पो गरिँदैछ कि ? गुरुङजीमा श्रद्धाञ्जली, घाइतेहरूमा स्वास्थ्यलाभको कामना !'

आतंककारी शैलीको सो घटनाको विरोधमा कांग्रेसले अहिलेसम्म पार्टीगत धारणा भने सार्वजनिक गरेको छैन ।

याे पनि पढाैं -

वम विष्फोट झन रहस्यमय : कांग्रेस मौन, गगन र विश्वप्रकाश समेत बोलेनन्

प्रतिकृया दिनुहोस