वम विष्फोट गराएको आशंकामा ६ जना पक्राउ
काठमाडौं । नख्खु बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुको परिचय खुलाइएको छैन तर प्रहरी स्रोतका अनुसार उनीहरुमध्ये केहीले आफूहरु नेत्रविक्रम चन्द समूहसँग आफू आवद्ध भएको वयान दिएका छन् ।
नख्खु क्षेत्रका सडकमा राखिएको तथा एनसले कार्यालयमा रहेको सिसी टिभी फुटेजको अध्ययन प्रहरीले थालेको छ । फुटेज अध्ययनको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो या अन्य सुराकीको आधारमा हो भन्ने खुलेको छैन ।
नख्खु वम विष्फोटमा परी सिंहप्रसाद गुरुङको निधन भएको छ भने दुई जना गम्भीर घाइते छन् । घाइतेहरुको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेछ ।
शुक्रबार साँझ नख्खु स्थित एनसेल कार्यालय अगाडि वम विष्फोट भएको थियो । त्यसैगरी शुक्रबार एनसेलका दर्जन भन्दा धेरै ठाउँका टावरमा आगजनी गरिएको थियो ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस